उत्तर दिनाजपुर: तृणमूल कग्रेसको उत्तर दिनाजपुर जिल्लाको गोलपोखर १ ब्लकका अध्यक्ष गुलाम रसूल उर्फ मोनीले सोमबार धरमपुर ब्लकको सर्कल नम्बर १ र २ मा दीदीको सुरक्षा कवच कार्यक्रम अन्तर्गत विभिन्न गाउँहरूको भ्रमण गरे। उनले आम जनतालाई सरकारका विभिन्न योजनाको फाइदा पाइरहेको छ कि छैन भनी सोधे। कार्यक्रममा पार्टीको गोवलपोखर ब्लकका विभिन्न तृणमूल कग्रेसका नेताहरू उपस्थित थिए। ब्लक अध्यक्ष मोनीले भने, ‘सरकारका विभिन्न योजनाको फाइदा आम जनताले पाउँछन् कि पाउँदैनन् भनेर सोधिरहेका छौँ। सबै योजनाका सुविधा अधिकांश जनताले पाउने, नपाएकालाई दिने व्यवस्था मिलाइने बताइएको छ। केही व्यक्तिको नाम आवास सूचीमा नपरेको गुनासो आएको उनले बताए। उनीहरूलाई आवास योजना सूचीमा पुन: समावेश गरिएको छ।