खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुङ-सन्तमेरिज समष्टिभित्र पर्ने मार्गरेट्स होप चियाबगान(बीच गाउँ) स्थित गुम्बाको भागोप्रमो समष्टि युवा शक्ति सचिवद्वारा निरिक्षण गरियो। उक्त गुम्बा पुरानो रहेकोले यसको सही संरक्षण र सम्बर्द्धन गर्ने हेतुले गत केही महिना अघि जीटीए चिफ् अनित थापाद्वारा गुम्बा कमिटिलाई आर्थिक अनुदान प्रदान गरेका थिए। यसै सन्दर्भमा उक्त गुम्बा कमिटीले समष्टिबाट प्रतिनिधिहरु आएर निरिक्षण गरिदिने आग्रह भएको हुनाले दिपेश तामङ र समष्टि सदस्य सहदेव तामङ उपस्थित रहेका थिए। उक्त पुरानो गुम्बालाई पूर्ण नवीनीकरण गरी असल प्रकारले निर्माण कार्य भइरहेको दिपेश तामङले बताएका छन्। गुम्बा कमिटिका सभापति प्रमोश तामङ अनि सचिव छोगेल लामा पनि उपस्थित रहेका थिए। गुम्बा कमिटिको पक्षमा उनीहरुले जीटीए चिफ् अनित थापाप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै गुम्बा निर्माण कार्यलाई निरीक्षण गरिदिएकोमा दिपेश तामङ अनि उनका सहयोगी सहदेव तामङप्रति पनि धन्यवाद प्रकट गरेका छन्।