तीनधारेमा सम्पन्न क्रिकेट टुर्नामेन्टमा १७ माइल सिनियर्स र चुनभट्टी बिजय

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज दुईवटा खेल सम्पन्न भएको छ। आज भएको पहिलो खेलमा १७ माइल सिनियर्सले जोगमाया चियाबारीलाई जितेको छ। यस खेलमा जोगमाया पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा केवल ६२ रन बनाएको थियो। जोगमायाको पक्षमा दिपु छेत्रीले सर्वाधिक १७ रन बनाएको थियो भने सत्र माइलको पक्षमा असीत राई र अजय विश्वकर्मले ३-३ विकेट लिएका थिए। दोस्रो इनिङमा १७ माइल सिनियर्सले ७ ओभरमा नै जीत हाँसिल गरेको थियो। १७ माइलको पक्षमा बिशाल गजमेरले सर्वाधिक ३४ रन बनाएका थिए भने अविनास राईले १४ रन बनाएका थिए। त्यसरी दोस्रो खेल तीनधारे पुलिस आउट पोष्ट र चुनभट्टीमाझ सम्पन्न भएको थियो। यस खेलमा चुनभट्टीले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १०५ रन बनाउन सफल भएका थिए।।यसमा बिजेन्द्र प्रधानले १८ रन अनि कुन्दन थापाले १९ रन बनाएका थिए। तीनधारे पुलिस आउट पोष्टले १०६ रनको लक्ष्यलाई खेदो गर्दै निर्धारित पन्ध्र ओभरमा १०५ रन नै बनाएर खेल ड्र बनेको थियो। तीनधारे पुलिस आउट पोष्टको पक्षमा ओसी मानव रोयले सर्वाधिक ३३ रनको पारी खेलेका थिए। उनी लगायत प्रज्वल प्रधानले ४ रन बनाएका थिए। चुनभट्टीको पक्षबाट कुन्दन थापाले अन्तिम ओभरमा राम्रो बलिङ गर्दै ३ विकेट लिएर आफ्नो टिमलाई हारबाट जोगाएका थिए। दुवै दलमाझ खेल बराबरीमा सकिएपछि सुपर ओभरको खेल सम्पन्न भएको थियो। सुपर ओभरमा चुनभट्टीले पहिला व्याटिङ गर्दै १० रन बनाएको थियो भने तीनधारे पुलिस आउट पोष्टले केवल ८ रन मात्र बनाएर पराजित बनेको थियो भनी आयोजक समितिको पक्षबाट महेश सुनवारले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement