अलिपुरद्वार: मुख्यमन्त्री ममता बनर्जी मंगलबार अलिपुरद्वार जिल्लाको हसिमारामा विशेष विमानबाट अवतरण गरिन्। उनीसँगै तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जी पनि पुगेका छन्। उनले हसिमारास्थित सुभाषिनी चिया बगानको गिरजा लाइनका खाँचोमा परेका श्रमिक परिवारलाई न्यानो कपडा उपलब्ध गराए। यस क्रममा मुख्यमन्त्रीलाई स्वागत गर्न स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। यहाँ यो चिसो जाडोमा मुख्यमन्त्री र तृणमूल कांग्रेस महासचिवको आगमनसँगै डुअर्सको राजनीतिक वृत्तमा न्यानोपन आएको छ। अर्कोतर्फ, पञ्चायत निर्वाचनअघि उत्तर बङ्गालको ग्रामीण क्षेत्रमा मुख्यमन्त्रीको आगमनले पक्कै पनि विशेष महत्व राखेको राजनीतिक जानकारहरू बताउँछन्।