वाराणसी: काशी हिन्दू विश्वविद्यालयबाट नेपाली विषयमा एक वर्षे ब्रिज कोर्स विज्ञापित भएको छ। अरू विषयमा अनर्स गरे पनि बी ए वा शास्त्री-मा तीन पेपर नेपाली लिएर स्नातक भएका अभ्यर्थीले आवेदन गर्न पाउनेछन्। अनर्स स्तरको यो कोर्स गरेपछि नेपाली एम ए-मा भर्नाका लागि योग्य हुनेछन्। आउँदो २० जनवरीभित्र अनलाइन आवेदन गर्नुपर्नेछ। यसका लागि प्रत्याशीले www.bhuonline.in वेबसाइटबाट आवेदन गर्नुपर्नेछ।