रोलकमा बाटोको खनन कार्य शुरु

स्थानीय बासिन्दाहरू खुशीले रमाए

दार्जीलिङ: रोलक बस्तीमा बाटोका खनन कार्य शुरू भएको छ। स्थानीय बासिन्दाहरू खुशीले रमाए।लोवर रोलक बस्तीदेखि लिएर मंगर गाउँ साथै एसएससी स्कूलसम्म पूग्ने बाटो नभएको हुनाले स्थानीय बासिन्दाहरूले हुनसम्मको समस्याहरू भोग्दै आइरहेका थिए। बाटोको समस्या झल्दै आएका स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस समक्ष बाटो खनन कार्यको गुहार लगाउँदै आई रहेका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बाटो खनन कार्यको निम्ति जेसीपी दिएर आजदेखि खनन कार्य शुरू भएको छ। लाब्दा समष्टि अन्तर्गत पर्ने रोलक बस्ती अन्तर्गत मंगर गाउँदेखि बाटोको खनन कार्य शुरू भएको छ। स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस साथै हाम्रो पार्टीको क्षेत्रिया कार्यकर्ता तिमती लेप्चाप्रति आभार जनाएको छ। स्मरण रहोस हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पहाडको ग्रामिण क्षेत्रहरूमा बाटो पूग्न सकोस भन्ने हेतुले पहाडको धेरैवटा ग्रामिण क्षेत्रहरूमा बाटोको खनन कार्यहरू गरी दिईसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement