६ फिट लामो अजिङ्गर बरामद


सिलगढी: दग्राम नम्बर २ को छोटा फापरी जंगलको छेउमा रहेको भोलानाथ पाडामा सिमेन्टको गोदाम भित्रबाट अजिङ्गर फेला परेको छ। मंगलबार बिहान सिमेन्ट गोदामका कर्मचारीले अजिङ्गर देखे । घटनाको जानकारी तत्कालै बैकुण्ठपुरको डबग्राम वन विभागलाई दिइएको थियो । वन विभागका कर्मचारी आएर घटनास्थलबाट अजिङ्गरको उद्धार गरेका थिए । ६ फिट लामो अजिङ्गरलाई स्वास्थ्य परीक्षणपछि बैकुण्ठपुरको जंगलमा छाड्ने वन अधिकारीले जानकारी दिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement