पाँचौं क्षेत्रीय विज्ञान र प्रविधि कग्रेस २०२२-२३ सुरु

IMG-20230117-WA0150.jpg

कुचबिहार: पश्चिम बंगाल सरकारको विज्ञान तथा प्रविधि तथा जैव प्रविधि विभाग र कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको संयुक्त व्यवस्थापनमा पाँचौँ क्षेत्रीय विज्ञान तथा प्रविधि कग्रेस २०२२-२३ आजदेखि सुरु भएको छ। माघ १७ र १८ गते हुने उक्त कार्यक्रममा पाँच जिल्लाका उच्च शिक्षा संस्थाका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले आ–आफ्ना विभिन्न अनुसन्धान विषय प्रस्तुत गर्नेछन्। विभिन्न उच्च शिक्षा संस्थाका प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले हालसम्म २२१ शोधपत्र बुझाइसकेका छन्। उनीहरूले आगामी दुई दिनभित्र आफ्नो अनुसन्धानका विषय प्रस्तुत गर्नेछन्। कार्यक्रमको आज रवीन्द्र भवनमा उद्घाटन गरिएको हो । कार्यक्रममा विश्व प्रसिद्ध वैज्ञानिक शिवाजी राहाको विशेष अतिथिको रुपमा उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *