माया मेमोरियल फूटबल टुर्नामेन्ट: सोरसाले एफसी सेमिफाइनलमा

प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सोरसाले एफसी-ले सेमिफाइनलमा स्थान बनायो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा सोमवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा सोरसाले एफसी-ले यूएफसी बुङकुलुंगलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका गोलकीपर दीपक राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल २९ जनवरीमा हुनेछ। यसरी नै चन्दन गुरुङ स्मृति भेटरन्स फूटबल टुर्नामेण्टमा यूएफसी बुङकुलुंग भेटरन्सले प्रगति युथ क्लब भेटरन्सलाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement