आईपीएलमा पञ्जाब किंग्सका स्पिन बलिंग प्रशिक्षक बने सुनील जोशी

भारतका पूर्व स्पिनर सुनील जोशीलाई इण्डियन प्रीमियर लीग (आईपीएल)-को २०२३ सीजन अघि पञ्जाब किंग्सले स्पिन बलिंग प्रशिक्षकको रूपमा नियुक्त गऱ्यो। फ्रेञ्चाइजीले आफ्नो ट्वीटर एकाउण्टमा भनेको छ, हामी यो घोषणा गर्दै उत्साहित छौं कि पूर्व भारतीय स्पिनर सुनील जोशीलाई पञ्जाब किंग्सको स्पिन बलिंग प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ। जोशी साल २०२०-मा भारतका मुख्य चयनकर्ता पनि रहेका थिए। त्यही सालको अन्तमा जोशीको स्थानमा चेतन शर्मालाई मुख्य चयनकर्ताको जिम्मेवारी हासिल भएको थियो। त्यसपछि पनि उनी चयनकर्ताको रूपमा प्यानलको हिस्सा थिए। जोशीले १९९६-देखि २००१-सम्म भारतको निम्ति १५ वटा टेस्ट र ६९ वटा एकदिने म्याच खेलेर क्रमशः ४१ र ६९ विकेट लिए। यसको साथमा उनले खेलाड़ीको रूपमा २००७ र २००८-को सीजनमा आईपीएलमा रोयल च्यालेञ्जर्स बेंगलुरुको प्रतिनिधित्व गरेका थिए। प्रशिक्षकको रूपमा जोशीले रणजी ट्रफीमा हैदराबाद, जम्मू-कश्मीर र असमको सीनियर टीमलाई प्रशिक्षण दिएका थिए। यसअघि उनले ओमान, बंग्लादेश र अमेरिकामा पनि स्पिन बलिंग प्रशिक्षकको रूपमा काम गरेका थिए।
यसअघि पञ्जाब किंग्सले कोचिंग टीममा फेरबदल गर्दै भारतका पूर्व ओपनिंग ब्याटर वसीम जाफरलाई ब्याटिंग अनि दक्षिण अफ्रिकाका चार्ल लेंगवेल्टलाई पेस बलिंग प्रशिक्षक नियुक्त गरेको थियो। त्यसपछि फ्रेञ्चाइजीले अष्ट्रेलियाका पूर्व विकेटकीपर-ब्याटर ब्र्याड हेडिनलाई सहायक प्रशिक्षक नियुक्त गऱ्यो। भारतका पूर्व मुख्य प्रशिक्षक अनिल कुम्बलेको स्थानमा फ्रेञ्चाइजीले ईंग्ल्याण्डका विश्व कप २०१९ विजेता प्रशिक्षक ट्रेवर बेलिसलाई आफ्नो मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। यसरी नै पञ्जाब किंग्सले २०२२ सीजनमा कप्तान रहने मयंक अग्रवाललाई रिलीज गरेपछि देब्रे हातका अनुभवी ब्याटर शिखर धवनलाई आईपीएल २०२३-को निम्ति टीमका कप्तान नियुक्त गऱ्यो। पञ्जाबको टीम आईपीएलको गत सीजनमा दशवटा टीमबीच छैटौं स्थानमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement