फूर्बा तामाङले हत्याइन रजत पदक

गान्तोक: गत केही दिन अघि मुम्बईमा सम्पन्न भएको टाटा मुम्बई म्याराथन दौड प्रतियोगितामा सिक्किमकी धावक फूर्बा तामाङले रजत पदक हासिल गरेकी छन्। धावक तामाङ दक्षिण जिल्ला लिङमो निवासी हुन्। तामाङले ३ घण्टा ३१ मिनटमा ४२ किलोमिटरको दुरी पार गरेकी थिइन्। उनले २९ वर्षको वर्गमा सहभागिता जनाएको जानकारी प्राप्त भएको छ। उल्लेखनीय छ, यो प्रतियोगिता मुम्बईंमा प्रति वर्ष आयोजना गर्दै आइरहेको छ भने जहाँ प्रत्येक वर्ष सिक्किमका धावकहरूले पनि अंशग्रहण गर्ने गर्दछन्। यो म्याराथन दौड विश्वको दशौं प्रसिद्ध म्याराथनकोरूपमा मानिने गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement