मुख्यमन्त्रीले सोरेङ उच्चतर माध्यमिक विद्यालयको पाइप ब्याण्डका सदस्यहरूसँग भेट

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ उच्चतर माध्यमिक विद्यालयको पाइप ब्याण्डका सदस्यहरूसँग भेट अनि अन्तरक्रिया गरे। सोरेङ उच्चतर माध्यमिक विद्यालयको पाइप ब्याण्डले आगामी २१ जनवरीको दिन नयाँ दिल्लीको नेशनल वार मेमोरियलमा आयोजन हुने राष्ट्रिय ब्याण्ड प्रतियोगितामा भाग लिनेछ। उक्त प्रतियोगिता गणतन्त्र दिवस २०२३ को एक भागको रूपमा आयोजन भइरहेको छ। मुख्यमन्त्रीले पाइप व्याण्डका सदस्यहरूलाई आउँदो प्रतियोगिताको निम्ति शुभकामना दिए। विद्यार्थीहरूले उत्साहका साथ आफ्नो प्रस्तुति दिनेछन् भनी मुख्यमन्त्रीले आशा व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement