पाकिमः नार्को कोअर्डिनेशन सेन्टर अन्तर्गत जिल्ला स्तरीय कमिटीको बैठक आज पुलिस अधीक्षकको कार्यालयमा सम्पन्न गरियो। बैठकमा अतिरिक्त पुलिस अधीक्षक रिन्जिङ छोपेल राईले नार्को कोअर्डिनेशन सेन्टरको स्थापना वर्ष २०१६ मा गरिएको र यसको उद्देश्य लागूऔषध विरुद्ध राम्रो समन्वय सुनिश्चित गर्नु रहेको जानकारी गराए।
नार्कों कोअर्डिनेशन सेन्टर प्रणाली जिल्लास्तरसम्म चार तहको योजनामा पुनर्संरचना गरिएको छ। चार तहको प्रणालीमा शीर्ष स्तर, कार्यकारी स्तर, राज्य स्तर र जिल्ला स्तर कमिटी छन् जसको अगुवाई जिल्लापालहरूले गर्ने गर्छन्। बैठकको उद्देश्य जिल्लामा लागूऔषध व्यापारको रोकथामका लागि सबै सम्बन्धित विभागहरूसँग समन्वय स्थापित गर्नु रहेको थियो।

बैठकमा प्रतिबन्धित नशालु पदार्थहरूको रोकथाम सम्बन्धित विभिन्न विषयहरूमाथि चर्चा गरियो। बैठकमा विभिन्न विद्यालय र महाविद्यालयहरूमा लागूऔषध सम्बन्धित जागरूकता कार्यक्रम आयोजन गर्ने विषयमाथि पनि चर्चा गरियो। बैठकमा क्षेत्रीय यातायात अधिकारी, मुख्य शिक्षा अधिकारी, मुख्य चिकित्सा अधिकारी, एसएसबी कमान्डेन्ट तथा अन्यहरू पनि उपस्थित थिए।









