जोरथाङ मेलाको दोस्रो दिन विभिन्न गतिविधि सहित समापन

गान्तोक: जोरथाङमा आयोजित तीन दिवसीय माघे संक्रान्ति मेलाको दोस्रो दिन पर्यटन विभागका मन्त्री बीएस पन्त मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। जोरथाङ माघे संक्रान्ति मेला समितिको पहलमा आयोजित पहिलो दिनको कार्यक्रममा राज्यमा मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका थिए। यस मेलाको थिम भोकल फर लोकल र हाम्रो संस्कृति हाम्रो परम्परा रहेको छ।

जोरथाङ खेल मैदानमा आयोजित यस मेलाको दोस्रो दिन मन्त्री केएन लेप्चा, विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। दोस्रो दिनको कार्यक्रम अन्तर्गत संस्कृतिक नृत्य, कबड्डी, म्यूजिकल चेयर, टग अफ् वार लगायत अन्य गतिविधिहरूको पनि आयोजना गरिएको थियो। यस अवसरंमा मुख्य आकर्षणकोरूपमा अन्तर समष्ठी फुटबल प्रतियोगिता रहेको थियो। यस प्रतियोगितामा स्यारी निर्वाचन क्षेत्र बनाम नामथाङ रातेपानी निर्वाचनबीच भएको थियो,जहाँ स्यारी बिजयी बन्दै तेस्रो स्थान ओगटन सफल बनेको छ।

About Author

Advertisement