दिदीको सुरक्षा कवच कार्यक्रमको निम्ति राज्यसभा सांसद शान्ता छेत्री कालचिनीमा


कालचिनीः दिदीको सुरक्षा कवच कार्यक्रम चलिरहेको क्रममा सोमबार दार्जीलिङकी राज्यसभा सांसद शान्ता छेत्री कालचिनी आईपुगिन। तिनलाई कालचिनी स्थित तृणमूल कार्यालयमा तृणमूल नेता औ समर्थकहरूले स्वागत जनाएको थियो। दिदीको सुरक्षा कवच कार्यक्रम सूची अनुसार जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल छात्रा परिषद नेता हैदर अली अन्सारी, आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामा, चुवापाड़ा ग्राम पञ्चायतका उपप्रधान राजेन लामा एवम् अन्यान्य नेतृत्वहरूको साथमा शान्ता छेत्री चुवापाड़ा ग्राम पञ्चायत क्षेत्रमा पुगेकी थिईन।
जनताको घर दैलोमा पुगेर सांसद शान्ता छेत्रीले राज्य सरकारको लाभाकारी योजनाहरू कन्याश्री, रुपश्री, एक्यश्री, मानवीक भत्ता, जय जोहार पेन्सन, स्वास्थ्य साथी, खाद्य साथी एवम् अन्यान्य प्रकल्पको जानकारी गराउँदै जनसाधरणको सुविधा असुविधाहरूको खोज लिएकी थिईन। यस कार्यक्रमबीच सांसद शान्ता छेत्री चुवापाड़ा ग्राम पञ्चायत क्षेत्रमा बास गर्ने र मंगलबार जयगाउँ एक नम्बर ग्राम पञ्चायत क्षेत्रमा दिदीको सुरक्षा कवच कार्यक्रम लिएर जाने तृणमूल नेताहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement