सिलगढी: राजगञ्ज विधानसभा क्षेत्रका विधायक खगेश्वर राई दिदीको राजदूत कार्यक्रममा सिलगढीको ठाकुरनगर क्षेत्रमा आएका थिए। सोमबार बिहान लगभग १०ः३० बजे उक्त क्षेत्रमा पुगेर उनले विभिन्न ठाउँमा गएर स्थानीयसँग कुराकानी गरी उनीहरूका गुनासो र समस्या सुनेका थिए। यस दिन धेरैले विधायकलाई अगाडि ल्याएर क्षेत्रका विभिन्न समस्यालाई उजागर गरेका थिए । त्यहाँ रहेका विधायकले बालबालिकासँग केही समय बिताए र क्षेत्रका जनतासँग भेट गरी बधाई दिए।










