प्रीमियर लीगः आर्सनल र चेल्सी विजयी

ईंग्लिश प्रीमियर लीग (ईपीएल)-मा अझ एउटा जीतको साथ आर्सनलले आफ्नो शीर्ष स्थानलाई दह्रिलो बनायो। यसको साथमा चेल्सीले पनि आफ्नो म्याच जित्यो। आइतवार राति खेलिएको म्याचमा आर्सनलले टोटनह्याम हट्स्परलाई २-०-ले पराजित गऱ्यो। टोटनह्यामको होम ग्राउण्डमा ४९ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले म्याचको दुवै गोल पहिलो हाफमा हासिल गऱ्यो। टोटनह्यामका गोलकीपर हूगो लोरिसले १४औं मिनटमा आत्मघाती गोल गर्दा आर्सनललाई बढ़त हासिल भयो। त्यसपछि मार्टिन ओडेगार्डले ३६औं मिनटमा अझ एक गोल गरी आर्सनललाई २-०-ले जीत दिलाए। यस जीतपछि प्रीमियर लीग टेबलको शीर्ष स्थानमा रहने आर्सनलको १८ वटा म्याचमा ४७ पोइण्ट पुग्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा ८ पोइण्ट धेर रहेको छ। यसरी नै टोटनह्याम १९ वटा म्याचमा ३३ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। यसरी नै चेल्सीले क्रिस्टल प्यालेस विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउम्ड स्टामफोर्ड ब्रीजमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट म्याचको एकमात्र गोल काई हावेर्त्जले ६४औं मिनटमा छिराए। यस जीतपछि चेल्सी १९ वटा म्याचमा २९ पोइण्टको साथ दशौं स्थानमा कायम रह्यो। यसरी नै १२औं स्थानमा रहने क्रिस्टल प्यालेससँग १८ वटा म्याचमा २२ पोइण्ट रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले फूलहामलाई १-०-ले अनि ब्रेण्टफोर्डले बोर्नमाउथलाई २-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement