गोरुबथान: बनभोजको समय हो यो जनवरी महिना।गोरुबथानको चेल खोला बनभोज स्थलमा टाडा टाडा बाट बनभोज खान भनेर मानिसहरु आउने गर्छन्। यस्तैम आज लगभग दिउँसो १.३० बजेतिर फालाकाटबाट बनभोज खान आइरहेको एउटा बस पान डाडा र धर्मशालाको बीचमा दुर्घटनाग्रस्त भएको छ। प्रत्यक्षदर्शीहरुको भनाई अनुसार गाडी एकदमै द्रुत गतिमा गुडिरहेको थियो। यस्तोमा चालकले सम्भवत गाडी नियन्त्रणमा लिन नसक्ता गाडी दुर्घटनाग्रस्त भएको हो।

मूल बाटो छेउको बिजुलीको पोललाई ठक्कर दिएर गुवाको बोटलाई ठक्कर दिदै शिला छेत्रीको आगनैमा गाडी दुर्घटनाग्रस्त भएको छ। बनभोज खान आएकाहरुलाई सामान्य चोटपटक लागेको छ। स्थानीय मानिसहरु र पुलिसदलको सहयोगमा घाइतेहरुलाई गोरुबथान खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो। बसको नम्बर डुब्लुबी ७१ ६११३ रहेको छ।










