दार्जीलिङ: ‘जनताको आवाज उठाउँन एकै जना निर्वाचित जन प्रतिनिधि काफी हो तर हामीसंग १५ जना निर्वाचित जन प्रतिनिधिहरू छ’ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पोखेको हो। सिंहमारी स्थित गोजमुमो केन्द्रीय कार्यलय छेव एक धरमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पत्रकारहरूसंगको कुराकानी गर्दै हाम्रो पार्टीको १२ अनि गोजमूमोको ३ जना निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिकाहरू आफ्नो स्वाभिमानमा उभिएर आफ्नो स्वाभिमान बचाउँने काम गरेको छ, यसको निम्ति आभार जनाउँछु भनेे। तिनले अधि भने हाम्रा यी नगरपार्षद, चेयरम्यान, भाइस चेयरम्यानहरूले शहरलाई साफ र राम्रो बनाउँन रात दिन खटिए, धेरैको गाली र भनाईहरू पनि खाए तरै पनि आफ्नो काम गर्न कहिले छोडेनन। आज भागोप्रमोले दार्जीलिङ नगरपालिका मा बोर्ड गठन गरयो,त्यसमा मलाई रीस राग छैन, उनी हरूले पनि हाम्रै टीमले जस्तै इमान्दारिताले शहरको एंव नगरबासीको काम गर्न सकोस भन्ने मेरो आहवान छ’ अध्यक्ष एडवार्डसले भने।हाम्रो टीमले ६, ७ महिना आफु हरूलाई दाग लाग्न नदिईकन रात दिन आफ्नो कार्यमा लागि परेको थियो। हाम्रो टीमले शहरलाई साफ सफाई राख्दा राख्दै रूपियाँ पैसाको खेल भयो, पैसा रूपियाँमा किनवेच भयो तर आ आफ्नो कर्म हो, कर्मको फल सवैले भोग्नै पर्छ’ अध्यक्ष एडवार्डसले भने।तिनले अधि भने आउँने दिनहरूमा हाम्रो कार्य योजनाहरू राजनैतिक रूपमा पनि हुनेछ साथै न्यायिक रूपमा पनि हुनेछ। कतिपय नगरपार्षद एंव नगरपाषर्दिकाहरूको विरूद्व हामीले अयोग्य ठहर गर्ने पहलहरू गरेका छौ एडवार्डसले भने। ६, ७ महिनाको अन्तरालमा हाम्रो निर्वाचित नगरपार्षद एंव नगरपाषर्दिकाहरूले इमान्दारिता पूर्वक कामहरू गरेको छ, यसको निम्ति म फेरि पनि आभार जनाउँछु भन्दै एडवार्डसले पूनः आभार जनाए। बातचितको क्रममा हाम्रो अध्यक्ष अजय एडवार्डसले रितेश पोर्तेलले विपक्षीको नेतृत्व गर्नेछ भन्ने जानकारी गराउँदै जीटीए सभामा हामी ११ जना विपक्षी सभासदहरू थियौ तर अहिले हामी ९ जना भएका छौ। जनताको आवाज उठाउँन एकै जना निर्वाचित जन प्रतिनिधि नै काफी हो तर हामी संग जीटीए सभामा 9 जना अनि दार्जीलिङ नगरपालिका मा १५ जना निर्वाचित नगरपार्षदहरू छ। विगतका दिनहरूमा जस्तो धली मिली गर्न दिने छैन,भष्ट्रचार,भाइ भतिजाबाद गर्न दिने छैन अध्यक्ष एडवार्डसले भने। हामी सत्तामा छैनौ तर हामीलाई जनताले काम गर्न पठाएको हो अनि हामी जनताको पक्षमा गर्ने छौ हामी हाम्रो धर्म निभाउँने छौ तिनले भने। अध्यक्ष एडवार्डसले अधि भने हाम्रो टीमले अबैघ निर्माणहरूमाथि नजर राख्नेछ,शहरको साफ सफाईमाथि साथै अन्य विषयहरूमाथि नजर हुनेछ। तिनले स्पष्ट शब्दमा भने ‘यी सवै विषयहरूसंग संगै सवै भन्दा महत्व पूर्ण विषयमाथि जातिया उन्मुक्तिको निम्ति काम गर्ने छौ’।









