नयाँ दिल्ली: गोरामुमो दिल्ली युनिटले माघे संक्रान्ति पालन गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। दिल्लीमा कार्यरत हाम्रो गोर्खा दाज्यु भाइ दिदिबहिनीहरु सबै भेला भएर धुमधामका साथ कन्दमुल, तरुलहरु खएर मनाएको गोरामुमो दिल्ली युनिटका संयोजक प्रणय प्रधानले थप जानकारी दिएका छन्। उनले थप जानकारी गराउदै भने, यो पर्व सम्पुर्ण गोर्खा जातिको पर्व हुन् यसकारण हामी सम्पुर्ण राजनैतिक दलका सदस्य लगायत विभिन्न संघ संस्थाहरु संग एउटै मंञ्चमा आएर आफ्नो संस्कृति, परम्परा अनि रीतिरिवाजलाई संरक्षण गर्नको निम्ति गोरामुमो दिल्ली युनिट द्वारा प्रत्येक बर्ष पालन गर्दै आएको प्रणय प्रधानले जानकारी दिएका छन्।
यसैक्रममा गोरामुमो दिल्ली युनिटले दिल्लीमा रहेको विभिन्न संघ संस्था साथै सामाजिक सेवामा संग्लन वरिष्ठ ब्याक्तीहरुलाई “सुवास घिसिङ सम्मान पुरस्कार “प्रदान गरेका छन्। 

दिल्लीमा कार्यरत दार्जीलिङ पहाड, तराई अनि डुवर्सका विभिन्न क्षेत्रबाट आएर दिल्लीमा आफ्नो जीवन यापनको निम्ति कार्यरत हाम्रो दाज्युभाई तथा दिदिबहिनीहरुले दुख पाएको खण्डमा अन्य विभिन्न समस्याहरुको सामना गर्नु परेको बेला निस्वार्थ भावनाले सहयोग पुर्याउने संघ संस्था अनि वरिष्ठ समाजसेवीहरुलाई जनाउने कार्यलाई गोरामुमो दिल्ली युनिटले निरन्तर दिइने छ भनी प्रणय प्रधानले जानकारी दिएका छन्। गोरामुमो दिल्ली युनिटका अध्यक्ष रुद्र गुरुङ, उपाध्यक्ष अर्पण भुजेल, सचिव अमन जोशी लगायत युनिटका सम्पुर्ण प्रतिनिधि बर्ग साथै संघ संस्थाका प्रतिनिधि बर्ग वरिष्ठ समाजसेवी अनि अन्य राजनैतिक दलका प्रतिनिधि बर्ग उपस्थित रहेका थिए।
								



								

                    



