नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले मकर सङ्क्रान्ति, पोङ्गल र माघ बिहूको अवसरमा आइतवार मानिसहरूलाई शुभकामना दिएका छन्। मोदीले ट्रीट गरेर शुभकामना दिएका छन्। उनले माघ बिहूको शुभकामना दिँदै यो चाडले प्रकृतिका साथै हाम्रो बन्धनलाई गहिरो बनाउने र खुशीहरू लिएर आउने आशा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘सबैलाई, विशेष रूपमा संसारभरिका तमिल मानिसहरूलाई पोङ्गलको शुभकामना। यो चाडले हाम्रो जीवनमा खुशी र सुस्वास्थ्य लिएर आओस्।’
प्रधानमन्त्रीले देशवासीहरूलाई मकर संक्रान्तिको पनि शुभकामना दिएका छन्। मकर संक्रान्ति सूर्य भगवानलाई समर्पित चाड हो। माघ बिहू फसलसित सम्बन्धित चाड हो। पोङ्गल चार दिवसीय फसल उत्सव हो। यो चाड सूर्य देवलाई समर्पित छ।










