गान्तोक: नेहरू युवा केन्द्र गेजिङ र भारत सरकारको खेलकूद एवम युवा मामिला मन्त्रालयको संयुक्त पहलमा आजदेखि युवा नेतृत्व सामुदायिक विकासमाथि तीन दिवसीय प्रशिक्षण कार्यक्रम शुरू भयो। यस कार्यक्रमको उदघाटन पीएचइ विभागका अध्यक्ष नारायण सुवेदीले गरे। उदघाटन कार्यक्रममा पार्षद रिञ्जिङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि सुवेदीले सर्वप्रथम यस तीन दिवसीय प्रशिक्षण कार्यक्रममा अंशग्रहण गर्ने सबैलाई बधाई दिँदै अवसरको सदुपयोग गर्नुपर्ने आग्रह गरे। उनले विभिन्न विषयहरूमा मञ्च उपलब्ध गराउने र आगामी पुस्तालाई उनीहरूको सीप पहिचान गर्न मद्दत गर्ने नेहरू युव केन्द्रद्वारा शुरू गरिएको पहलको प्रशंसा गरे। प्रशिक्षण कार्यक्रमको उद्देश्य युवाहरूलाई व्यक्तित्व विकास तालिम प्रदान गर्नु थियो। यसले आधारभूत जीवन सीपहरू – पारस्परिक सीपहरू, समानुभूति र नेतृत्व सीपहरू सम्बन्धी तालिमहरू प्रदान गर्नमा ध्यान केन्द्रित गर्न सक्नेछ, जसले गर्दा उनीहरूलाई आफ्नो जिम्मेवारी र नेतृत्व लिन र सामुदायिक विकास र सामाजिक विकास गतिविधिहरूमा योगदान गर्न सशक्त बनाइन्छ। यस कार्यक्रममा युवाहरुलाई कृषि, स्वास्थ्य, सामाजिक सक्रियता, करियर काउन्सिलिङ, मोटिभेसनल स्पिकिङ आदि बारे जानकारी गराउन विभिन्न पृष्ठभूमिका स्रोत व्यक्तिहरुलाई आमन्त्रित गरिएको थियो।











