दार्जीलिङ: गोर्खा स्वाभिमान संघर्षको मंच मा पहाडको सवै नेतृत्वहरूलाई एउटै मंचमा देख्दा देश भरीका गोर्खाहरू खुशीले रमाएका छन यो मनतब्य सभासद विनय तामाङले पोखेको हो। गोर्खा स्वाभिमान संघर्षले यहाँको क्यापिटल हलको प्रांगनमा गोर्खा एकता आहवान गर्दै गोर्खा स्वाभिमान संघर्षले जनसभा को आयोजना गरेको छ। आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा सभासद विनय तामाङले देशको विभिन्न क्षेत्रहरू साथै काना काप्चाहरूमा बसो बासो गर्दै आई रहेका गोर्खाहरू सन्तानहरूले गोर्खाहरूलाई यसरी नै एउटै मंचमा हेर्ने चाहना गर्दै आई रहेको छ अनि आज गोर्खा स्वाभिमान संघर्षले हामी सवैलाई मंच दिए सम्र्पण गोर्खाहरूलाई एकबद्व बनाउँने काम गरेको छ। तामाङले अधि भने गोर्खा स्वाभिमान संघर्षको यो मंच भोटको निम्ति बनाएको होइन अनि यो मंच राजनीति गर्न बनाएको मंच पनि होइन।हाम्रो युवा जमातहरूको मन मस्तिकमा उकुश, मुकुस भएर तयार भएको मंच हो यो।हाम्रो गोर्खाको स्वाभिमान खतरामा छ, कही कताई हाम्रो आउने भावी पिडीहरूले हामीलाई सराप्ने काम नगरोस भन्ने हेतुले युवा जमातहरूले यो मंच तयार गरेको हो। यो मंच ऐतिहासिक मंच बन्न पूगेको छ। गोर्खा एकताको निम्ति अब हामी सवै एकबद्व हुन पर्छ, गोर्खा एकताको संघर्षको बाटो धेरै लामो छ। कतिपय नेतृत्वहरूले सुरक्षा कवच भन्दै हिडदैछ तर यहाँ हामी गोर्खाहरूकै सुरक्षित छैनौ। गोर्खा हरूलाई सुरक्षित राख्न यो गोर्खा स्वाभिमान संघर्ष हो तामाङले भने। अरूको सुरक्षा कवच हेर्न भन्दा पहिला हामी हाम्रो गोर्खा जातिको सुरक्षा बारे सोच्न पर्छ। यो मंच गोर्खालाई सुरक्षा प्रदान गर्न तयार गरिएको होे कसलाई गाली गर्न बनाएको मंच होइन।यस मंचमा सवैलाई स्वागत छ तर आउदा आफ्नो स्वर्थलाई त्यागेर आउँन पर्छ। गोर्खा जातिको निम्ति अब हामी एकबद्व हुन जरूरी छ’ तामाङले भने।










