खरसाङ: विगतका वर्षहरुमा झैं यस वर्ष पनि खरसाङ महकुमा अन्तर्गत पर्ने लोवर मामरिङ दिशा केन्द्रमा माघे संक्रातिको पावन अवसरमा अन्तरधर्मीय कार्यक्रमको आयोजना गरियो।यहाँको दिशा केन्द्रमा सिस्टर रन्जीनाको विशेष अगुवाईमा यस दिशा केन्द्रमा प्रशिक्षण प्राप्त गरिरहेकी शिक्षार्थीहरुको तत्परतामा अन्तरधर्मीय एकताद्वारा दिगो विकासको विषयलाई समेट्दै एक सदभावनापूर्ण भेलाको आयोजना गरियो। कार्यक्रममा सर्वप्रथम सम्पूर्ण धर्मका धर्मगुरुहरु, बौद्ध धर्मका पौ छिरिङ लामाहिन्दु धर्मका बासुदेव कोइराला, चर्चका फादर,सिस्टरहरुले दिप प्रज्वलन गर्दै लोक शान्तिको निम्ति प्रार्थना गरेका थिए। कार्यक्रममा सिस्टर रन्जीनाले स्वागत सम्बोधन राख्दै सम्पूर्ण विद्यार्थी, शिक्षक-शिक्षिका लगायत गण्यमाण्य व्यक्तिहरुलाई लोवर मामरिङको दिशा केन्द्रमा उपस्थित भएकोमा खुशी व्यक्त गरिन्। कार्यक्रममा पृथ्वीको वातावरणमा कुनै प्रकारको क्षति नपुर्याइ आर्थिक अनि सामाजिक विकासको निम्ति मानिसहरुले के के गर्न नितान्त आवश्यक छ सो बारेमा आ आफ्नो सम्भाषण प्रस्तुत गरेका थिए। वर्तमान पृथ्वीमा आइपरेको संकट,पर्यावरण बिनाश, वायु प्रदुषण, पानी प्रदुषण, आकाश समेत प्रदुषण विषयमा वक्ताहरुले उपस्थित मानिसहरुलाई जानकारी गराउँदै वर्तमान समयमा पिउने पानीको संकट, प्लास्टिकको धेरथोर प्रयोग जस्ता कार्यहरुले भावी पीडिको निम्ति संकट उत्पन्न भईरहेको अवगत गराउँदै विकाश गर्नुपर्छ तर प्रकृतिको नाश गर्नु होइन, प्रकृति अमूल्य धन हो, वर्तमान समयमा पृथ्वीलाई बिनाश नगरी आर्थिक एवं सामाजिक विकाश गर्न भोलिदेखि नै समाजका सचेचवर्गले थालनी गर्न पर्ने समय आएको कार्यक्रममा वक्ताहरुले अवगत गराए।

कार्यक्रममा उक्त दिशा प्रशिक्षण केन्द्रका छात्राहरुले रमाइलो नाटक,गीत, नृत्य आदिले सबैलाई मनोरञ्जन तुल्याए।कार्यक्रममा मामरिङ चर्चका फादर,शिक्षक स्कूल खवास,पौछिरिङ लामा,राजु खवास रसिक छेत्री,जोगेन दर्नालले आफ्नो आफ्नो गहकिलो सम्भाषन प्रस्तुत गरेका थिए।










