दलसिंहपाडामा किराँती नव वर्ष यालेदोङ ५०८३ भव्यताका साथ पालन गरियो


दलसिंहपाडा- नेपाली जातिको महान् चाड माघे सङ्क्राती साथै किराँती जाति समुदयका नव वर्ष ५०८३ यालेदोङ आरम्भको सुअवसरमा आज दलसिंहपाडास्थित तोर्सा नदीमा डुवर्स किराँत राई समाज संस्कृति साहित्य समिति उप शाखा दलसिंहपाडा रणबहादुर बस्ती शाखा, डिगवीर लाइन शाखा, जयगाउँ शाखा र खोक्ला शाखाको संयुक्त आयोजनामा पुर्खाको श्राप पखाल्ने पूजा भव्यताका साथ सम्पन्न भयो । यस पूजामा केन्द्रीय समितिका अध्यक्ष जेठा राई, महासचिव प्रशान्त थुलुङ, कोषाध्यक्ष विकास बान्तवा, सांस्कृतिक सचिव गङ्गाबहादुर राई, सांस्कृतिक संयोजक मंगलसिंह राई, सदस्य महेश राई, प्रेमचन्द्र राई, बबित राई, नेत्र राई, हेमकुमार राई, बाबुल राई, श्रवन राई लगायत शाखा सदस्य–सदस्याहरूको बाक्लो उपस्थिति रहेको थियो ।

About Author

Advertisement