रंगबुल फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको १०७ टीए-ले क्वार्टर फाइनलमा स्थान बनायो। रंगबुल खेल मैदानमा आइतवार भएको म्याचमा १०७ टीए-ले खरसाङको मिक्स्ड अप् बोइजलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रणय राईले २ गोल गरे। यसबाहेक लाक्पा तामाङ र एस किपगेनले १-१ गोल गरे। प्रणय राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २४ र २७ जनवरीमा हुनेछ। यसरी नै फाइनल २९ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।











