मार्सल आर्टमा अनरेरी प्रोफेशनल डाक्टरेट प्रदान


कालचिनीः अरुणाचल प्रदेशको तावाङमा आइतबार सम्पन्न इन्टरनेशनल एकाडेमी अफ ट्रेडिशनल मार्सल आर्ट एन्ड ईन्टरनेशनल ड्रेगन फूल कन्ट्याक्ट सेल्फ डिफेन्स स्पोर्ट्स फेडेरेशनको आयोजनामा सम्पन्न एउटा कार्यक्रममा डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ कालचिनी खण्डको राईमटाङ चियाबारी निवासी डा. कमल कुजुर र कोचबिहार निवासी देवबहादुर सार्कीलाई अनरेरी प्रोफेशनल डाक्टरेटको उपाधिले सम्मान जनाएको छ। ७ डान ब्ल्याक बेल्ट तथा कामुराई मार्सल आर्टका अध्यक्ष क्योसी डा. कमल कुजूर र कोचबिहार जिल्ला निवासी ८ डान ब्ल्याक बेल्ट मार्सल आर्ट प्रशिक्षक क्योसी देवबहादुर सार्कीलाई अनरेरी प्रोफेशनल डाक्टरेट इन मार्सल आर्टको उपाधी तथा प्रमाणपत्रले सम्मानित गरिएको पुरस्कृतद्वयले फोन मार्फत जनाएका छन्।
डा. कमल कुजूर एकजना आदिवासी समाजकर्मी मात्र नभएर एकजना मार्सल आर्ट प्रशिक्षक पनि हुन भने देवबहादुर सार्की कोचबिहार बासिन्दा एकजना धेरै सिनियर मार्सल आर्ट प्रशिक्षक हुन्। दुवैलाई आइतबार अरुणाचल प्रदेशको तावाङमा आयोजित कार्यक्रमबीच सो संस्थाले सम्मान प्रदान गरेको बताइएको छ।

About Author

Advertisement