पहाडको स्कुलहरूमा मनोनित अध्यक्षहरूको नियुक्ति!

स्टिम सुधार्छु भन्ने अनित थापाले स्टिम भत्काउँने काम गर्दैछ: राज कुमार राई

दार्जीलिङ: स्टिम सुधार्छु भन्नेले नै स्टिम भत्काउँने काम गर्दैछ यो मनतब्य हाम्रो पार्टी र गोजमुमोको नेतृत्वहरूले पोखेको हो। जीटीएको सत्ता चैकीमा बस्नेहरूले स्टिमलाई ताकमा राखेर स्कूल संचालन समिति जस्ता क्षेत्रहरूमा पनि मनोनित अध्यक्ष नियुक्ति गर्ने काम गर्दै आई रहेको हाम्रो पार्टी र गोमुमोको नेतृत्वहरूले बताएको छ। पहाडको स्कूलहरू मा स्कूल संचालन समिति चूनाव गत २०१७ देखि भएको छैन। चूनावको माध्यमद्वारा नै संचालन समितिको अध्यक्ष चयन गरिने प्रवाधान रहेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले हरेक जनसभाहरूमा साथै पत्रकार सम्मेलनहरूमा पहाड मा स्टिम नभएको कुराहरू गर्ने गर्छन। अनित थापाको यस्तो मनतब्य र बयानहरूलाई पहाडको जनता जर्नादा हरूले स्वीकारेका छन अनि उनको यौ मनतब्य र बयानहरूले पहाडबासीको मनमा स्थान ओटन समक्ष पनि बनेका छन। जीटीए सभाको चूनावपछि जीटीए सभा को सत्ता चैकीमा भागोप्रमो रहेको छ। अझ पनि भागोप्रमो अध्यक्ष अनित थापाले स्टिमको कुरा गर्न छोडे का छैनन तर स्टिमको कुरा गर्ने अनित थापाले स्टिम लाई ताकमा राखेर पोख्ररेबुङ उच्चातर माध्यमिक विधालयको संचालन समिति अध्यक्ष पार्टीको समष्टि अध्यक्षलाई मनोनित गरेर राखेको छ। त्यसरी नै युद्ववीर उच्चतर माध्यमिक विधालय, गोरूबथान पब्लिक उच्चतर माध्यमिक विधालय आदि जस्ता विधालयहरूको संचालन समितिको अध्यक्ष मनोनित गरेको छ भन्ने सुन्नमा आउँदैछ भन्ने गोजमूमो र हाम्रो पार्टीको नेतृत्वहरूले बताए। स्कूल संचालन समितिमा जो सुकै अध्यक्ष होस तर नियम अनुसार चूनावको माध्यमद्वारा निर्वाचित होस भन्ने हाम्रो चाहना हो तर यहाँ जनता र मिडियाँको अधि स्टिमको कुरा गर्ने अनित थापाले स्टिमलाई ताकमा राखेर आफ्नो पार्टीको कार्यकर्ताहरूलाई जीटीएको शिक्षा विभागद्वारा अधिसूचना जारी गरेर स्कूल संचालन समितिको अध्यक्ष मनोनित गर्ने कामहरू गर्दै आई रहेको हाम्रो पार्टीको कार्यकर्ता राजु कुमार राईले बताए।

About Author

Advertisement