नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १०४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८१,०४० पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले कासैको मृत्यु भएन। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७२६ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १८२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४८,१६५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर २,१४९ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,५२,८२५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,३१,०२,१९१ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २३,४९० जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,१७,०२,०३३ जनाले यो खोप लगाइसकेको छन्।










