लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा युनाइटेड एफसी दार्जीलिङले सेमिफाइनलमा स्थान बनायो। शनिवार खेलिएको म्याचमा युनाइटेड एफसी दार्जीलिङले तीनधारेको चाँद एफसी-लाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। टुर्नामेण्टको आठौं सीजनमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई आमन्त्रित गरिएको छ। दुईवटा सेमिफाइनल क्रमशः २० र २३ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









