सदभावना कप फूटबल टुर्नामेण्टः मिक्स्ड अप् बोइज र फारानाइस मिरिक सेमिफाइनलमा

युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा खरसाङको मिक्स्ड अप् बोइज र फारानाइस मिरिकले सेमिफाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा शनिवार भएको क्वार्टर फाइनल म्याचमा मिक्स्ड अप् बोइजले फुवागढ़ी एफसी-लाई १-०-ले पराजित गऱ्यो। त्यसपछि दोस्रो म्याचमा फारानाइस मिरिकले तीनधारे नयाँकमानलाई टाईब्रेकरमा ३-०-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। आइतवार खेलिने एकमात्र क्वार्टर फाइनल म्याचमा सिलगडी युनाइटेड एफसी र मिरिक भिक्ट्रीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement