चीनद्वारा कोरोनाका कारण ३५ दिनमा ६० हजारको मृत्युको तथ्याङ्क पहिलो पटक सार्वजनिक

बेइजिङ: चीनले पहिलो पटक आफ्नो देशमा कोभिड–१९ बाट दिसम्बरको शुरुदेखि अहिलेसम्म ५९ हजार ९३८ जनाको मृत्यु भएको स्वीकार गरेको छ। यसअघि चीनले सधैं महामारी नियन्त्रणमा रहेको दाबी गर्दै आएको थियो। पछिल्लो डेढ महिनामा भएको मृत्युको यो आंकडाले
चीनमा कोरोनाले कति विध्वंस ल्यायो भन्ने देखाउँछ। बेइजिङले महामारीसँग सम्बन्धित पूर्ण तथ्याङ्क सार्वजनिक नगरेको भन्दै विश्व स्वास्थ्य संगठनको आलोचनापछि चीनले कोरोना भाइरसका कारण ज्यान गुमाउनेको तथ्यांक दिएको छ। यसले कोरोना महामारीको ढाँचा बुझ्न गाह्रो भइरहेको छ। स्याटेलाइट तस्वीरहरूले चिनियाँ शवदाहगृहहरू अगाडि गाडीहरूको लामो लाइन पनि देखाएको छ।
आधिकारिक मिडिया रिपोर्टहरू अनुसार त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार भनेअनुसार ८ दिसम्बरदेखि १२ जनवरीसम्म देशका अस्पतालहरूमा कोभिड-१९ बाट ५९ हजार ९३८ जनाको मृत्यु भएको छ। स्वास्थ्य आयोगका वरिष्ठ अधिकारी जिओ याहुईले श्वासप्रश्वाससम्बन्धी समस्याका कारण ५ हजार ५०३ र कोभिड–१९ सँगै अन्य रोगका कारण ५४ हजार ४ सय ३५ जनाको ज्यान गएको
बताए। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यी मृत्यु अस्पतालमा भएको जनाएको छ। जसका कारण घरमा पनि मानिसको ज्यान जाने सम्भावना छ। चीन सरकारले गत दिसम्बरको शुरुमा कोभिड-१९ को संक्रमण र मृत्युको रिपोर्ट गर्न बन्द गर्योख किनभने अचानक महामारी विरोधी उपायहरू हटाइएको थियो। विश्व स्वास्थ्य संगठनले चीनलाई यसबारे थप जानकारी दिन आग्रह गरेको थियो।

About Author

Advertisement