कालचिनी: शुक्रवार राती अलिपुरद्वार प्यारेड मैदानमा चलिरहेको विश्व डुवर्स उत्सवमा पत्रकार प्रकास मण्डललाई एकजना पुलिसकर्मीले बिना कारण कुटपीट गरेर गम्भीर घाईते बनाएको घटनाले अलिपुरद्वार जिल्लाभरीका पत्रकारहरू विक्षुब्ध बनेका छन। एकजना कर्तव्यरत पत्रकारमाथि यसरी मरणासन्न तरीकाले कुटपीट गर्नु साथै पुलिसद्वारा यसै उत्सवमा अन्य पत्रकारहरूसित बारम्बार दुर्व्यवहार गर्दै आइरहेको घटनाले सम्पूर्ण पत्रकारहरू विक्षुब्ध बनेका छन्। किन पुलिसकर्मीद्वारा यस्तो व्यावहार गऱ्यो यसको उचित जाँच र दोषी पुलिसकर्मी विरुद्ध पुलिस प्रशासनले कारवाई गर्नु पर्ने दाबी पत्रकारहरूले गरेका छन्।
पत्रकार भनेर परिचय दिँदा पनि पुलिसकर्मीले गुण्डा सरह व्यावहार गर्दै पत्रकार प्रकास मण्डललाई मुक्का हानेर झण्डै आँखा फुटाउने प्रयास गरेको र पत्रकारमाथि यसप्रकारको दुर्व्यवहारले सम्पूर्ण पत्रकार जगत दुखित बनेको अलिपुरद्वार जिल्ला प्रेस क्लबका सदस्यहरूले जनाएका छन्।









