खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ३ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीद्वारा पहिलो साङ्गठनिक सभा सम्पन्न भएको छ। खरसाङ टाउन कमिटीको अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न सभालाई टाउन कमिटीको सह सचिव बीरबल पाख्रिनले संचालन गरेका थिए। वार्ड कमिटीका अध्यक्ष प्रणित लामा
रेस्टुरेन्टमा सभा सम्पन्न गरिएको थियो। सभामा उपस्थित सम्पूर्ण सदस्यहरुमाझ चुनावपश्चात् यस भेगका के कति विकासमूलक कार्यहरू भयाे त्यसको खुलस्त रूपमा राख्नलाई भनी आग्रह गरे। वार्डवासीहरुकाे विचारहरू सुने पश्चात टाउन कमिटीका उपाध्यक्ष सन्दीप बलले टाउन कमिटीद्वारा हुने भावी कार्यक्रमको जानकारी दिन्दै जीटीए अनित थापाले सम्पूर्ण पहाडमा नै विकासमूलक कार्यहरू गरिरहेको समय हामी टाउन कमिटीद्वारा प्रत्येक वार्डमा यसरी नै जनगुनासो सुनेर पहल गर्दै यसको जानकारी मुख्य कार्यपाल समक्ष साझा गरिदिने साथै वार्ड कमिटीका प्रतिनिधिहरु पनि आफ्नो वार्डवासीहरुलाई सहयोग पुर्याउनको निम्ति सांगठानिक रूपमा एक भईदिने निवेदन गरे। यसको साथै टाउन कमिटीको सभापति राजू शर्माले आफ्नो विचार व्यक्त गर्दै समस्या छ भने समाधान पनि हुन्छ र आउँदो दिनमा यस भेगका समस्या समाधान हेतु टाउन कमिटीद्वारा पूर्ण सहयाेग गरिदिने निवेदन गरेका छन्। सभामा कार्यकारिणी सदस्य विकाश तामाङले आफ्नो विचार राख्दै सङ्गठित भएर कार्य गरे निश्चय नै सुनवाई हुन्छ र भारतीय गोर्खा प्रजातान्त्रीक मोर्चाका अध्यक्ष अनित थापाले सबैलाई नै एक समान रुपले हेर्छन् र जनताकाे माझ बसेर काम गर्ने व्यक्ति हुन् भनी बताएका छन्। सभामा वार्ड नम्बर ३ का उपस्थित सदस्यहरूले गाउँ विकास गर्नकाे निम्ति सङ्गठित अनि संयुक्त रुपमा आगामी केही दिनमा वार्ड नम्बर ३ मा एउटा सभाको आयोजन गर्ने आह्वान् गरिएको छ। सभामा खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्मा, उपाध्यक्ष संदीप बल, सह सचिव बीरबल पाख्रिन, सल्लाहकार भोला राउत, सांगठनिक सचिव रंजन गजमेर, कार्यकारिणी सदस्य रमोद गुरुङ अनि विकाश तामाङ उपस्थित थिए भनी भागोप्रमो खरसाङ टाउन कमिटीको प्रचार प्रसार सचिव संजय राउतले जानकारी गराएका छन्।
								



								

                    



