खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो भूमि र जाति बचाउन धर्म गरेको पनि बताएका छन्। उनले जाति र धर्मको लागि आफुले बोल्ने गरेको बताउँदै आफ्नो जाति र भूमिलाई बचाउनु मेरो धर्म होइन भनी प्रश्न गरेका छन्। उनले अब गोर्खाल्याण्ड होइन तर दार्जिलिङ प्रदेश भनेर छुट्टै राज्यको मांग गर्नु पर्ने तब मात्र सबैले साथ र सहयोग गर्नेछ। जनताको सुविधाको लागि अलग दार्जिलिङ प्रदेशको मांग गर्नुपर्छ भनी बताएका छन्। रिम्पोर्छेले भने, “दार्जिलिङ सिक्किम एकीकरण विषयमा बोल्दै सिक्किम आफ्नो स्थानमा छ र दार्जिलिङ आफ्नो स्थानमा छ अनि सिक्किम शान्तिले बसिरहेको छ अनि दार्जिलिङको पनि आफ्नै पहिचान छ। त्यसैले कुनै विलयको कुरा आउँदैन। विलय हुन पनि सक्दैन।
सिक्किम हाम्रो छिमेकी राज्य हो र कसैलाई भाँजो हाल्नु हुँदैन।”
पेम्बा रिम्पोर्छेले फरवरी मार्च महिनामा हाम्रो लागि हाम्रो कुरा आयो भने राम्रो हो तर आएन भने भारतीय जनता पार्टी पनि हामी माइनोरिटीको लागि खतरा छ भनी बताएका छन्। उनले छैटौं अनुसूची अहिले पनि टेबलमा नै रहेको छ तर दार्जिलिङको क्षेत्रीय राजनैतिक पार्टीहरूले चासो नदेखाएको बताए। उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा अहिले पनि आफु कुनै पनि बगान किन्न र सञ्चालन गर्न तयार रहेको तर यहाँ आफै बगान बन्द गराउने र आफै खेलाउने अनि अहिले बगान किनेर सञ्चालन गरिरहेको आरोप पनि लगाएका छन्। उनले अघि भने, “सबैलाई याद छ आफै बोक्सी, आफै धामी हो। बगान बन्द गर्ने आफै, खोल्ने आफै र अहिले सञ्चालन गर्ने आफै। पहाड़मा युनियन श्रमिकको हितमा होइन तर नेताको दलाल बनेर कार्य गर्छ।”
								



								

                    


