नयाँ दिल्ली: भारतीय सशस्त्र बलहरूले आज (१४ जनवरी) ७औं सशस्त्र बल पूर्व सैनिक दिवस मनाए। फिल्ड मार्शल केएम करिअप्पा ओबीई, भारतीय सेनाका प्रथम कमाण्डर-इन-चीफ, सन् १९५३ 1953 मा आजकै दिन सेवानिवृत्त भएका थिए। पूर्व सैनिक दिवस उनीहरुले पुर्याएको सेवाको स्मरण र सम्मान गर्ने उद्देश्यले मनाइन्छ। देशभरका विभिन्न स्थानहरू देहरादून, दिल्ली, जालन्धर, चंडीगढ़, झुंझुनू,
पानागढ़, मुम्बई, चेन्नई र कोलकाता शहरमा पुष्पाञ्जली समारोहका साथ भूतपूर्व सैनिकहरूको बैठकहरू आयोजना गरिएको थियो। यसको उद्देश्य भूतपूर्व सैनिकहरूको राष्ट्रप्रति निस्वार्थ सेवा अनि उनीहरूको बलिदानलाई सम्मानको प्रतीकको रूपमा हाम्रा बहादुर सैनिकहरूका आफन्तहरू (एनओके) तथा भूतपूर्व सैनिकहरूका कल्याणप्रति वचनबद्धता एवं एकजुटतालाई बलियो बनाउनु रहेको छ।
रक्षामन्त्री राजनाथ सिंह र चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले देहरादूनमा पूर्व सैनिक सम्मेलनमा भाग लिए। यस अवसरमा चेन्नईमा आयोजित कार्यक्रममा राज्य रक्षामन्त्री सहभागी रहेका थिए। राजधानी दिल्लीको प्रमुख कार्यक्रम दिल्ली क्यान्टोनमेन्टको मानेकशा सेन्टरमा आयोजना गरिएको थियो।

कार्यक्रममा तीनै सेनाका प्रमुखहरू, सीआईएससी र सचिव पूर्व सैनिक कल्याण (ईएसडब्ल्यु) साथै सशस्त्र बलका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा सैनिकहरूका आफन्त, भूतपूर्व सैनिक तथा विभिन्न भूतपूर्व सैनिक संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। यस अवधिमा तीनै सेनाका प्रमुखहरूले भारतीय सशस्त्र सेनाका पूर्व सैनिकहरूका लागि विभिन्न कल्याणकारी विभागहरूले गरेका महत्त्वपूर्ण कल्याणकारी कदमहरूको बारेमा उल्लेख गरे। सेना प्रमुखहरूले राष्ट्र निर्माणमा भूतपूर्व सैनिकहरूले प्रदान गरेको राष्ट्रको निस्वार्थ सेवाको महत्त्वलाई पनि प्रकाश पारेका थिए। भूतपूर्व सैनिकको सम्मानमा ‘वी फर वेटरन्स’ गीत पनि सबै सार्वजनिक स्थानमा बजाइएको थियो।

समारोहमा भारतीय सेना वेटरन्स अफेयर्स (डीआईएभी) निदेशालयद्वारा ल्याइएको वार्षिक पत्रिका सम्मान पत्रिकाको विमोचन पनि गरियो, जसमा वरिष्ठ सैनिकहरूका लागि जानकारीमूलक लेखहरू र विभिन्न चासोका विषयहरू छन्। यस अवसरमा भारतीय वायुसेनाले वायु समवेदना पत्रिका पनि विमोचन गरियो। सशस्त्र बलक पूर्व सैनिक दिवस १४ जनवरीमा मनाइन्छ। सेवानिवृत्त, सेवारत र राष्ट्रबीच सद्भाव
कायम गर्ने उद्देश्यले सर्वोच्च बलिदान दिने र राष्ट्रको निस्वार्थ सेवा गर्ने वीरहरूलाई प्रतिबिम्बित, सम्झना र सम्मान गर्न यो दिन समर्पित छ।
–पीआईबी









