हाम्राे एजेण्डा गाेर्खाल्याण्ड हाे: बिमल

मिरिक: हाम्राे एजेण्डा गाेर्खाल्याण्ड हाे। गाेर्खाल्याण्डकाेलागि नै अहिले काम गरिरहेका छाै।दार्जिलिङ सिक्किम विलय हाम्राे विषय हाेइन। हामी जमीनसित आएका हाै। हाम्राे भूभाग अलग राज्य गाेर्खाल्याण्ड हाे। अब हामी जातिकाेलागि एक हुने समय आएकाे छ। सबै कुराे भूलेर अब जातिकाेलागि अघि बड्नपर्छ। उक्त कुराे गाेर्खा जनमुक्ति माेर्चा केन्द्र अध्यक्ष बिमल गुरूङले मिरिकमा पत्रकारहरूलाई बताए। तिनले विगतमा फाेटाे सेसनले हामीलाई धेरै भुल्लाएकाे छ। अब फाेटाे सेसन हाेइन ब्यवहारिक कार्य गर्नुपर्छ। यसैले हाल हामीले गुप्तरूपमा दिल्लीमा कार्य गरिरहेका छाै भन्दै १९८६ देखि आजसम्म अलग राज्य गाेर्खाल्याण्डकाे धेरै शहीद बनेका छन। उनीहरूकाे याेगदानकाे कदर अहिलेसम्म भएकाे छैन। गाेर्खाल्याण्ड राज्यले मात्र शहीदकाे सपना पूरा हुनेछ भनेर नै मैले जीटीए त्यागेर गाेर्खाल्याण्डकाेलागि अघि बडेकाे हाे भने। गुरूङले गाेर्खाकाे एघार जात गाेष्ठीलाई जनजातिकाे दर्जा बिषयमा बाेल्दै यस विषयमा बनिएकाे कमिटिले गम्भीरतापूर्वक कार्य गरेकाे जस्ताे मलाई लागेकाे छैन। यस विषयकाे समधान राजनैतिकरूपमा नै हुनसक्छ।किनभने बुझाँउनु पर्ने ठाँउमा सबै कुराे बुझाई सकेका छाै भने। तिनले सांसद राजू विष्ट र आफ्नाे भेटलाई लिएर कसैले पनि राजनीति गर्नु नमिल्ने बताँउदै उनीसित पुरानाे परिचय भएकाे कारण विजनबारी अनि साेम आँउदा मलाई दाज्युकाे नाताले भेट्नु आएकाे हाे। अन्य कुनै ठूलाे कारण छैन’ भने।

About Author

Advertisement