फाँसीदेवा: एउटी गृहिणीले फाँसीदेवा विधाननगरको भिमबार इलाकामा घाँटीमा पासो लगाएर आत्महत्या गरेको छ। मृतक गृहिणी रबिता सिंहको रूपमा चिन्हित गरिएको छ।जानकारी अनुसार गत २०२१मा रबितासित रञ्जन बर्मनको बिहे भएको थियो। बिहेपछि दुई लोग्ने स्वास्नीमाझ विविध कारणले गर्दा अशान्ति हुने गरेकोले गर्दा रबिताले बारम्बार मर्ने कुरा गर्ने गर्थिन्। गत शुक्रबार राति पनि ती दुई लोग्ने-स्वास्नीमाभ विवाद हुँदा रबिताले कोठाको दैलो बन्द गरेर घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घटनालाई लिएर थानामा कुनै अभियोग दर्ता गरिएको छैन। घटनाको खबर पाएर फाँसीदेवाका बीडीओ सञ्जु गुह मजुमदार विधाननगर अस्पतालमा पुगेका थिए।









