दार्जिलिङ: गोर्खा स्वाभिमान संघर्षद्वारा आयोजित विराट जनसभालाई हाम्रो पार्टी, गोर्खा जनमुक्ति मोर्चा, माकपा, क्रामाकपा, हिल कग्रेस, सुमेटी मुक्ति मोर्चा, सिटीजन फोरम, जीएसएसएस आदि जस्ता राजनैतिक दल एंव संघ संस्थाहरूको नेतृत्वहरूले आयोजित सभाको मञ्चमा आ-आफ्नो पक्ष राख्ने भएको छ। गोर्खा स्वाभिमान सङ्घर्षले गत केही दिनदेखि गोर्खा हितको पक्षमा कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ। आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजनीति दलहरूको नेतृत्व एंव संघ संस्थाहरूको कार्यकर्ताहरूले गोर्खा स्वाभिमान र छुटटै राज्यको पक्षमा आ-आफ्नो सोच र विचारहरू राख्दै आइरहेका छन्।
मिति: १५ जनवरी २०२३
स्थान: क्यापिटल हल
समय: १२ बजीदेखि ४ बजीसम्म









