सभासद सुब्बाद्वारा रेलिङ कैजले समष्टिको भ्रमण

दार्जीलिङ: रेलिङ कैजले समष्टिको समस्याहरू बुझन सभासद प्रतीम सुब्बाले गरयो भ्रमण। हाम्रो पार्टी केन्द्रीय कमिटि सदस्य एंव सभासद प्रतीम सुब्बाले रैलिङ कैजले समष्टिको भ्रमण गरयो। सभासद सुब्बा रैलिङ कैजले समष्टिको भ्रमणमा आएको सुचना पाएपछि स्थानीय पार्टी कार्यकर्ताहरू एंव समर्थक हरूले उनलाई भब्य स्वागत जनाए।सभासद सुब्बाले स्थानीय पार्टी कार्यकर्ता एंव समर्थकहरूलाई साथमा लिएर गाउँ गाउँ पस्दै स्थानीय गाउँलेहरूले भोग्दै आए का समस्याहरूलाई नजिकबाट हेरयो।

हाम्रो पार्टी केन्द्रीय कमिटि सद्रस्य एंव सभासद सुब्बाले स्थानीय मानिसहरूसंग कुराकानी गर्दै हाम्रो पार्टी भनेको जनता को पार्टी हो, जनताले भोग्न परेको समस्याहरूलाई जनताको पार्टीले प्राथमिकताको साथ काम गर्नेछ भन्ने जनाए। हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता एंव सभासद सुब्बा ले रेलिङ कैजले समष्टिको मानिसहरूसंग बैठक पनि गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement