स्वामी विवेकानन्दको जन्मजयन्तीमा वैदिक जप, शास्त्र वाचन, गृह यज्ञको आयोजना

जलपाइगढी: स्वामी विवेकानन्दको जन्मजयन्ती शनिबार जलपाइगढी रामकृष्ण मिशन आश्रममा भव्यताका साथ मनाइयो। स्वामी विवेकानन्दको जन्मजयन्तीमा आज जलपाइगढी रामकृष्ण मिशन आश्रममा वैदिक जप, शास्त्र वाचन, गृह यज्ञको आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय तथा आसपासका भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो। दिउँसो पूजापछि सबैलाई प्रसाद वितरण गरिएको थियो। विवेकानन्दको तस्विरमा पुष्प अर्पण गरी स्वामीजीलाई श्रद्धाञ्जली दिएपछि आश्रम परिसरमा दिनभर विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement