सडक दुर्घटनामा एक व्यक्ति गम्भीर घाइते

राजगञ्ज: सडक दुर्घटनामा परेर एकजना बाइक सवार व्यक्ति घाइते भएका छन्। यो घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको टियाकाली संलग्न इलाकामा भएको हो।यस दुर्घटनामा परेको घाइते व्यक्ति राजगञ्जको गोलाबारी इलाका निवासी ४० वर्षीय मोहम्मद आलमको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा ट्रक सिलगढीतर्फ गइरहेको समय अन्य एउटा ट्रकलाई ओभरटेक गर्ने क्रममा उक्त ट्रकले अचानक ब्रेक लगायो। यस अवधि पछिल्तिरबाट आइरहेको एउटा निजी बसले गति नियन्त्रण गर्न नसकेर उक्त ट्रकलाई ठक्कर दिँदा पछिल्तिरबाट आइरहेको मोटरसाइकल पनि बसको पछाडी ठोक्किँदा बाइकमा सवार व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते व्यक्तिलाई तत्कालै उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको छ। तथापि, उक्त दुर्घटनामा बसमा सवार यात्रीहरूलाई कुनै क्षति नपुऱ्याएको थाहा लागेको छ। घटनापछि उक्त ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर फुलबारी ट्राफिक गार्ड र न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement