सिलगढी कलेजमा भूगोल विभागको हिरक जयन्ती पालन

सिलगढी: सिलगढी कलेजको भूगोल विभागले ६० औं वर्ष पुरा गरेको छ।यस अवसरमा आज कलेजमा हिरक जयन्ती पालन गरिएको छ।कलेजको हलघरमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो भने यस कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरूआत गरे। यस कार्यक्रममा सिलगढी नगरनिगमका मेयर गौतम देव विशेष रूपमा उपस्थित थिए। तिनी बाहेक कलेजका वर्तमान तथा पूर्व विद्यार्थीहरू लगायत कलेजका प्रोफेसर एवम् अधिकारीहरू उपस्थित थिए। यस अवसरमा मेयर देवले कलेजका विभिन्न विषयमा प्रकाश पार्नुका साथै कलेजको बुनियादी ढाँचाको विकासको विषयमा स्मरण गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement