डीवाईएफआईका नेता कृष्णपद टुडुमाथि गोली प्रहार

कोलकाता: डीवाईएफआई नेता कृष्णपद टुडुलाई बदमाशहरूले गोली ठोकेका छन्। यो घटनापछि उनलाई उपचारका लागि बाँकुरा सम्मिलानी मेडिकल कलेज र अस्पतालमा ल्याइएको थियो। जानकारी अनुसार पुरुलियाको माकपाली गाउँका ४२ वर्षीय कृष्णपद टुडुले बन्दोयान त्यसै क्षेत्रको डीवाईएफआईमा प्रमुख पदमा आसिन छन्। उनी स्थानीय कुचिया गाउँमा रहेको पार्टी कार्यालयबाट मकपालीस्थित आफ्नो घर फर्कदै गर्दा आतंककारीले उनीहरुमाथि गोली प्रहार गरेका थिए जसमा उनको दाहिने काँध र हातमा गोली लागेको छ। यस घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ गरिएकाहरुको साथबाट २ थान भरुवा बन्दुक पनि बरामद भएको बताइएको छ। बांकुरा सीपीआईएम नेता अभय मुखर्जी घटनाको खबर पाएपछि घाइते डीवाईएफआई नेतालाई हेर्न पुगे। कृष्णपद टुडुलाई गम्भीर अवस्थामा भर्ना गरिएको उनले बताए। उनको शल्यक्रिया गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement