‘उत्सर्ग’ अन्तर्गत बागडोगरा थाना परिसरमा रक्तदान शिविर आयोजित

सिलगढी: सिलगढी महानगरीय प्रहरीको अभिनव प्रयासमा ‘उत्सर्ग’ नामक रक्तदान शिविरको आयोजना गरियो। जसमा सिलगढी महानगरीय प्रहरी अन्तर्गतका सबै थानामा साप्ताहिक आधारमा अर्थात् हरेक शनिबार रक्तदान शिविर आयोजना गरिने छ। जसमा सयौं स्थानीयले आ–आफ्नो भूमिका निर्वाह गर्दै रक्तदान गरेर कर्तव्य निर्वाह गरेका छन्। यसै सन्दर्भमा आज बागडोगरा थानामा बागडोगरा प्रहरी चौकीका सबै सदस्यहरूद्वारा रक्तदान शिविरको आयोजना गरिएको थियो। उक्त रक्तदान शिविर प्रहरी चौकी परिसरमा आयोजना गरिएको थियो। जसमा बागडोग्राका स्थानीय समाजसेवी, विद्यार्थी, स्थानीय जनता र प्रहरी प्रशासनको सहभागिता रहेको र कार्यक्रमलाई सफल पारेको थियो।

यस अवसरमा सिलगढी महानगरीय पुलिस आयुक्त श्री अखिलेश चतुर्वेदीले बागडोगरा थानामा पुगेका सबै रक्तदाताहरूलाई बधाई दिए र उनीहरूलाई सम्मान पनि गरे। रक्तदान गर्न आएका सबै रक्तदातामा उत्साह देखियो र सबैलाई बागडोगरा प्रहरी चौकी प्रशासनबाट प्रमाण पत्र र मेडल लगाएर सम्मान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement