सिलगढी: सिलगढी युनिक फाउन्डेसनको टोलीले नेताजी सुभाष चन्द्र बोसको जन्मदिनमा ‘रन फर फ्रीडम फाइटर्स’ नामक विशेष म्याराथन दौड आयोजना गर्न लागेको छ। यो म्याराथन दौड कदमतला बीएसएफ र देशबन्धु स्पोर्टिङ युनियनको सहकार्यमा जनवरी २३ मा हुने भएको छ। यस दौडमा महिला, पुरुष, सेनाका जवान सबै सहभागी हुनेछन्। यो १२ किलोमिटर दौड २३ गते बिहान ६ बजे बागडोग्रा बिहार मोडबाट सुरु भई देशबन्धु स्पटिङ युनियन परिसरमा समापन हुनेछ। शनिबार दिउँसो लगभग १ बजे सिलगढी प्रेस क्लबमा उद्यमीहरूले यस्तो बताएका हुन्। यो दौडमा २ सय जनाले भाग लिने बताइएको छ। विशेष अतिथिका रूपमा १० सैनिकका परिवारको उपस्थिति रहनेछ। यससँगै सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकारलगायतलाई पनि अतिथिको रूपमा निम्तो दिइनेछ।









