फ्लाईओभरको माग गर्दै तृणमूल कङ्ग्रेसकाे प्रदर्शन

सिलगढी: पूर्वी बाईपास रोडको ठाकुरनगर क्षेत्रमा डबग्राम २ नम्बर तृणमूल कङ्ग्रेस कमिटीले फ्लाईओभरको माग गर्दै विरोध प्रदर्शन गरेको छ। शनिबार बिहान ठाकुरनगर क्षेत्रमा सडक किनारामा विरोध कार्यक्रम आयोजना गरिएको थियो। यस विरोध कार्यक्रममा ग्राम पञ्चायत डाबग्राम २ का प्रमुख सुधा सिंह चटर्जी, जलपाइगढी जिल्ला परिषद् अधिकारी देवाशिष प्रामानिक र स्थानीय तृणमूल नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। सञ्चारकर्मीसँग कुरा गर्दै सुधा सिंह चटर्जीले रेलवेका महाप्रबन्धकलाई उदलपुलको मागलाई लिएर विगतमा पटकपटक पत्राचार गरिएको बताए। तर अहिलेसम्म फ्लाईओभर निर्माणका लागि पहल भएको छैन। फ्लाईओभर तत्काल नबनाए आगामी दिनमा चर्को आन्दोलन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement