हकी विश्व कपमा जीतको साथ शुरुवात गऱ्यो भारतले

हकी विश्व कप २०२३-मा भारतीय टीमले जीतको साथ अभियान शुरु गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा आयोजक भारतले स्पेनलाई २-०-ले पराजित गऱ्यो। म्याचमा भारतलाई पहिलो पेनल्टी कर्नर ११औं मिनटमा हासिल भयो, जसमा टीमले गोल गर्न सकेन। त्यसको ठीक एक मिनटपछि भारतलाई फेरि पेनल्टी कर्नर हासिल भयो। त्यस मौकामा चाहिँ अमित रोहिदासले गोल गरी भारतलाई बढ़त दिलाए। त्यसपछि हार्दिक सिंहलाई भारतलाई म्याचको दोस्रो गोल २५औं मिनटमा दिलाए। हकी विश्व कपको आयोजन भुवनेश्वर र राउरकेलामा भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement