टेस्ट टीममा सूर्यकुमार र ईशान किशन, टी२०-मा पृथ्वी सावको एण्ट्री

श्रीलंका विरुद्ध जारी वनडे सीरीजपछि भारतीय टीमले न्यूजील्याण्ड विरुद्ध वनडे र टी२० इण्टरनेशनल सीरीज खेल्नेछ। त्यसको लगत्तै पछि अष्ट्रेलियाई टीम भारत यात्रामा आउनेछ। भारत र अष्ट्रेलियाबीच चारवटा टेस्ट म्याचको सीरीज खेलिनेछ। यस सीरीजलाई बोर्डर-गावस्कर ट्रफी पनि भनिन्छ। यसैकारण भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले न्यूजील्याण्ड विरुद्ध सीरीजको साथ अष्ट्रेलिया विरुद्ध पहिलो दुईवटा टेस्ट म्याचको निम्ति पनि भारतीय टीमको घोषणा गऱ्यो। शुक्रवार राति राष्ट्रिय चयनकर्ताहरूले तीनवटा अलग-अलग टीमको चयन गरे।
टेस्ट क्रिकेटमा केएल राहुलको प्रदर्शन सन्तोषजनक रहेको छैन। बंग्लादेश विरुद्ध खेलिएको दुवै टेस्ट म्याचमा उनले रन बनाउन सकेका थिएनन्। राहुलले ४५ वटा टेस्ट म्याचमा ३४.२६-को औसतले २६०४ रन बनाएका छन्। त्यसपछि पनि चयनकर्ताहरूले उनीमाथि भरोसा देखाएका छन्। उनी टेस्ट टीमका उपकप्तान हुनेछन्। वनडे टीममा चाहिँ राहुलको स्थानमा हार्दिक पाण्ड्यालाई उपकप्तान बनाइएको छ।
रणजी ट्रफीमा रेकर्ड ट्रिपल सेञ्चुरी बनाएपछि चयनकर्ताहरू युवा ओपनिंग ब्याटर पृथ्वी सावलाई टीममा स्थान दिन वाध्य भए। निरन्तर रन बनाउँदा पनि उनलाई टीममा स्थान हासिल नहुँदा प्रश्न उठ्न थालेको थियो तर यसपाली न्यूजील्याण्ड विरुद्ध टी२० सीरीजको निम्ति उनलाई भारतीय टीममा राखिएको छ। अहिले भारतीय टीममा टी२० खेल्ने तरिकाबारे निक्कै चर्चा भइरहेको छ अनि पृथ्वीले नीडर भएर आक्रामक ब्याटिंग गर्ने हुनाले टीमलाई फाइदा हुनेछ।
न्यूजील्याण्ड विरुद्ध खेलिने तीनवटा टी२० म्याचको सीरीजको निम्ति चयन गरिएको टीममा कप्तान रोहित शर्मा र विराट कोहली छैनन्। आईसीसी टी२० वर्ल्ड कपपछि यस प्रारूपमा यी दुई खेलाड़ीले स्थान पाएका छैनन्। यी दुई खेलाड़ीलाई विश्राम दिइएको हो या बाहिर गरिएको हो भन्ने चाहिँ बीसीसीआई-को तर्फबाट अहिलेसम्म स्पष्ट गरिएको छैन।
अनुभवी पेस बलर जसप्रीत बुमराह श्रीलंका विरुद्ध वनडे सीरीजको साथ खेलमा फर्किने तर्खरमा थिए तर सीरीज शुरु हुन ठीक अघि बोर्डले उनी सम्पूर्ण रूपले फिट नरहेको बतायो। त्यसपछि उनले अष्ट्रेलिया विरुद्ध टेस्ट सीरीजमा हिस्सा लिने आशा गरिएको थियो तर पहिलो दुईवटा टेस्ट म्याचमा उनलाई देखिने छैन।
एशिया कपको अवधि चोटग्रस्त हुने अलराउण्डर रविन्द्र जडेजालाई बोर्डर-गावस्कर ट्रफीको पहिलो दुईवटा म्याचको निम्ति टीममा स्थान प्राप्त भएको छ। यसरी उनी लगभग ५ महिनापछि मैदानमा फर्किनेछन् तर टीममा सामेल हुन अघि उनले आफ्नो फिटनेस साबित गर्नु पर्नेछ।
अष्ट्रेलिया विरुद्ध पहिलो दुईवटा टेस्ट म्याचको टीमः
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस अय्यर, केएस भरत, ईशान किशन, आर अश्विन, अक्षर पटेल, कुलदीप यादव, रविन्द्र जडेजा, मोहम्मद शमी, मोहम्मद सिराज, उमेश यादव, जयदेव उनादकट, सूर्यकुमार यादव।
न्यूजील्याण्ड विरुद्ध वनडे सीरीजको टीमः
रोहित शर्मा (कप्तान), शुभमन गिल, ईशान किशन, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, केएस भरत, हार्दिक पाण्ड्या, वाशिंगटन सुन्दर, शाहबाज अहमद, शार्दुल ठाकुर, युजवेन्द्र चहल, कुलदीप यादव, मोहम्मद शमी, मोहम्मद सिराज, उमरान मलिक।
न्यूजील्याण्ड विरुद्ध टी20 सीरीजको टीमः
हार्दिक पाण्ड्या (कप्तान), सूर्यकुमार यादव, ईशान किशन, रुतुराज गायकवाड़, शुभमन गिल, दीपक हूड्डा, राहुल त्रिपाठी, जितेश शर्मा, वाशिंगटन सुन्दर, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, उमरान मलिक, शिवम मावी, पृथ्वी साव, मुकेश कुमार।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement