अपराधीसँगको भिडन्तमा घाइते भएका नागरिक स्वयंसेवक उपचारमा

कोलकता: दक्षिणेश्वरको एक होटलमा गए राति अपराधी र प्रहरीबीच भिडन्त हुँदा राहरा प्रहरी चौकीका सिविक स्वयंसेवक घाइते भएका छन्। अपराधीहरूले चलाएको गोली लागेर घाइते भएका नागरिक स्वयंसेवक शेख इमरानलाई कोलकताको एक निजी अस्पतालमा लगिएको थियो। ७ एमएमको पिस्तोलबाट गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न तीनै अपराधीलाई दक्षिणेश्वर प्रहरीका डिसी दक्षिण अजयप्रसादसहितको टोलीले राति नै पक्राउ गरेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement